इरानले आफ्नो इजरायलमाथिको आक्रमण सकिएको घोषणा गरेको छ ।
अलजजिराका अनुसार इरानले आफ्नो लक्ष्य पुरा भएको घोषणा गरेको हो ।
इजरायलले थप आक्रमण गरेमा इरानले झन् कडा प्रतिकार गर्ने बताएको छ ।
अमेरिकासँगको सवालमा पनि इरानले यो इरान र इरानी दुई पक्षीय मामिला भएको भन्दै सीमा नजोडिन भनेका समाचार सार्वजनिक भएको छ ।
गत अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसमा भएको महावाणिज्य दूतावासमा हमला गरेको थियो । त्यसको प्रतिकारमा इरानले पहिलो पटक इजरायली भूमिमा आक्रमण गरेको हो ।








































