Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२१:०९ बिहान
- ADVERTISEMENT -

सरकारको नीति तथा कार्यक्रम माथि के के भने नेताहरुले ?

प्रकाशित मिति: २०७६ वैशाख २२, आइतबार

1054
Shares

काठमाण्डौं, २२ बैशाख, २०७६ ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । संघीय संसदको प्रतिनिधिसभाको आईतबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसदहरुले आ आफ्नो धारणा राखेका छन् ।नेकपाका सांसद अग्नि सापकोटाले मुलुकमा सार्वजनिक जग्गा अतिक्रमण र भ्रष्टाचारको जालो डरलाग्दो रुपमा विस्तार हुदै गएको भन्दै ती विषयलाई सामान्य रुपमा नलिन सरकारलाई सुझाव दिनुभयो ।

एनसेल लगायत बहुराष्ट्रिय कम्पनीका कर छलिका विषय सामान्य नभएको भन्दै उहाँले हलुका रुपमा नलिन सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउनुभयो । सार्वजनिक जग्गाको अतिक्रमणका सम्बन्धमा आफुले संसदीय समितिमा बसेर अध्ययन गर्ने क्रममा भ्रष्टाचारको संञ्जाल डरलाग्दो र सरकारको हैसियत कमजोर र लाचार अनुभूति गरेको उल्लेख गर्दै उहाँले बालुवाटार, खुला मञ्च लगायत मुलुकभर १० हजार विगाहा जमिन कब्जा भएको उल्लेख गर्नुभयो ।

उहाँले सार्वजनिक जग्गा अतिक्रमण सिंगो राज्य संयन्त्रलाई असफल बनाउने सुनियोजित षडयन्त्रमा आधारित भएको भन्दै उहाँले सरकारी ,सार्वजनिक र गुठी जग्गाको एकमहिना भित्र कानुन बनाएर छानविन गर्न संसदको ध्यानाकर्षण गराउनुभयो । उहाँले भु माफिया र विचौलिया प्रति कठोर नहुने हो भने नियतिले आफ्नो बाटो लिने भन्दै त्यस तर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सरकारको नीति तथा कार्यक्रममा उल्लेखित भाषाका सम्बन्धमा उहाँले अन्तराष्ट्रिय प्रचलनको विषय देखाएर आफ्नो मौलिकतामा आँच आउने काम नगर्न सचेत गराउनुभयो । राष्ट्रपतिको सम्बोधनको भाषा उदृत नै नगरिकनै उहाँले नया व्यवस्था सबैको लागि प्यारो भएको भन्दै यसमा अन्तराष्ट्रिय प्रचलनको नाममा व्यवस्थाको मौलिकतामाथि नै असर पर्ने काम नगर्न सचेत गराउनुभयो । नीति तथा कार्यक्रम सही र वस्तुगत भएको भन्दै कार्यान्वनयलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।

नेकपाका सांसद खगराज अधिकारीले सरकारले उन्नत रुपको नीति र कार्यक्रम ल्याएको भन्दै सरकारको बचाउ गर्नुभयो । छिमेकी मुलुकमा पनि मेरो सरकार भन्ने परम्परा रहेको भन्दै उहाँले राष्ट्रपति सर्वोच्च निकाय भएकाले मेरो सरकार भनेको विषयमा आपत्ती जनाउनुपर्ने आवश्यकता नभएको तर्क गर्नुभयो ।नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रम अंगुर त साह्ै अमिलो छ भो मलाई चाहिदैन भन्ने ढंगको आएको टिप्पणी गर्नुभयो । उहाँले राजधानीका सडकका खाल्डा पुर्न नसक्ने सरकारले सुरुङमार्ग निर्माण गर्ने , राजमार्गमा आपतकालिन हवाई जहाज अवतरण गर्ने तथा ५ लाख रोजगारी श्रृजना गर्ने सस्तो लोकप्रियताका कार्यक्रम ल्याएको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले नीति तथा कार्यक्रममा उल्लेखित मेरो सरकार प्रति गम्भीर आपत्ती जनाउनुभयो । राष्ट्रपतिको सम्बोधनले सरकारको गन्तव्य र उद्देश्य प्रति शंका उत्पन्न गराएको भन्दै सच्याउन माग गर्नुभयो । उहाँले भ्रष्टाचार हुन दिन्न भन्ने सरकारले भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभयो ।राजपाका सांसद लक्षमणलाल कर्णले मुलुकमा भईरहेका पछिल्ला घटनाले शान्ति कायम भएको भन्न नमिल्ने भन्दै कागजमा लेख्दैमा पृथकतावादको अन्त्य भई मुलुकमा शान्ति स्थापना भएको मान्न नसकिने तर्क गर्नुभयो । उहाँले समाज सधै परिर्वतनशील हुने र सोच परिर्वतनशिल हुने भएकाले संविधानलाई आवश्यकता र मागका आधारमा संसोधन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले सरकारले संविधान संसोधनको मागलाई नजरअन्दाज गरे मुलुकलाई ठुलो नोक्सानी पुग्ने दाबी गर्नुभयो ।

राजपाका सांसद शरत सिंह भण्डारीले सरकारले संविधान संसोधन गर्छु भनेर प्रतिवद्धता सहितको सम्झौता गरेको भन्दै उहाँले त्यो प्रतिवद्धताबाट सरकार पछि हट्न नमिल्ने तर्क गर्नुभयो । संविधान अपुरो र अधुरो छ भनेर संसोधन गर्ने प्रतिवद्धता सहित राजपा संसदमा रहेको उल्लेख गर्दै उहाँले संविधान सर्वस्वीकार्य भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले विखण्डन रोक्न विभेदको समाप्त गरिनुपर्ने भन्दै सामाजिक सद्भावको कुरा गरेर मात्रै विभेदको अन्त्य नहुने बताउनुभयो ।उहाँले धर्मका नाममा हुने विदेशी लगानीलाई आफुहरुले स्वीकार नगर्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “भोली के लगानी आउला कि नआउला थाहा छैन ।तर होली वाईनको सम्मेलनको कुरा लेख्न छुटेको छ यहाँ । होली वाईन इन्डिस्टी«ज बाट धर्म धर्म परिर्वतनको लगानी आउनेवाला छ यो देशमा । हामी त्यो आउन दिने वाला छैनौ । हामी धर्मनिपेक्षताको कट्टर हिमायति हौ तर जबरजस्ती धर्म परिर्वतन गर्न पाइन्न । ”

संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र प्रसाद श्रेष्ठले व्यवस्था परिर्वतन संगै सत्ताको नेतृत्व गर्नेको प्रवृति परिर्वतन हुन नसकेकाको झल्को राष्ट्रपतिको सम्बोधनमा देखिएको बताउनुभयो । अघिल्लो बर्ष पनि आफुले व्यवस्था अनुसारको नेतृत्वले प्रवृति परिर्वन गर्न नसकेको भन्दै ‘संघीय गणतन्त्रको राष्ट्रपति सामन्ति युगको महारानी होइन भन्ने शब्द प्रयोग गरेको स्मरण गराउदै उहाँले शासकिय परिर्वतनलाई आत्मसाथ गर्न सुझाव दिनुभयो ।नेपाल मजदुर किसान पार्टीका सासद प्रेम सुवालले नीति तथा कार्यक्रममा १ बर्ष देखि ४ बर्ष सम्म पुरा हुने योजना मात्रै समेट्न, राजश्वको २० प्रतिशत पूँजीगत र ८० प्रतिशत विकास खर्चमा लगाउने प्रतिबद्धता गरिनुपर्ने धारणा राख्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -