Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२६:०१ दिउँसो
- ADVERTISEMENT -

काठमाडौं चलायमान सहर हो, सुरक्षा जिम्मा सरकारले लिन्छ : गृहमन्त्री लामिछाने

प्रकाशित मिति: २०८१ वैशाख २, आइतबार

324
Shares

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं चलायमान सहर भएको बताएका छन् । ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला भएको घोषणा कार्यक्रमलाई वैशाख १ गते ठमेलमा सम्बोधन गर्दै उनले जतिखेर पनि, जहाँ पनि सुरक्षित भएर मानिसहरु आवतजावत गर्न सक्ने बताए ।

आफू पनि परिवारसहित ठमेल आएको भन्दै उनले परिवारसहित सबैले घुम्ने वातावरण बन्ने बताए । महिलाहरु समेत सुरक्षित हुने गरी र स्थानीयको माग सम्बोधन हुने गरी सरकार अगाडि बढेको उनले बताए ।

यसअघि एक अन्तर्क्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ठमेल आवास क्षेत्र पनि रहेको भन्दै चौबिसै घण्टा व्यवसाय खोल्दा होहल्ला नियन्त्रण हुनुपर्ने स्थानीयको माग र चासो सम्बोधन हुनुपर्ने बताएकी थिइन् ।

सो चासोतर्फ इङ्गित गर्दै गृहमन्त्री लामिछानेले स्थानीयको माग सम्बोधन हुने गरी सरकार अघि बढेको बताएका हुन् । ‘यहाँ आमाको निन्द्रा पनि छ । छोराछोरीको सपना पनि छ,’ गृहमन्त्री लामिछानेले भने ।

पोखरा लगायतका सहर २४ सै घण्टा खुला भइसकेको उल्लेख गर्दै गृहमन्त्री लामिछाने काठमाडौंमा पनि यसको सुरुवात भएको बताए । काठमाडौंबाट सिकेर देशका अन्य सहरहरु पनि खुला हुने उनले बताए ।

उनले भनेका छन्, ‘नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा बाचा गर्न चाहन्छु- यहाँ आउने हरेक नागरिक चाहे विदेशी हुन्, चाहे स्वदेशी हुन्, सबै समान छन्, सबै सुरक्षित छन् । यसको जिम्मा नेपाल सरकारले लिन्छ । गृह मन्त्रालयले लिन्छ । नेपाल प्रहरीले लिन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -