सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । यसअघि उच्च अदालतले गरेको आदेश बदर गर्दै सर्वोच्चले थुनामा पठाउने फैसला दिएको हो ।
हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि उच्च अदालतले गरेको आदेश बदर गरेको हो । उच्चको आदेशविरुद्ध शारदा गिरी सर्वोच्च पुगेकी थिइन् ।








































