चैत १९, काठमाडौं : गण्डकी प्रदेश सरकारको चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले गण्डकी प्रदेश विकास परिषद् गठन गरेको छ ।
गण्डकी प्रदेश नीति तथा योजना आयोग ( गठन तथा कार्य सञ्चालन ) आदेश २०७८ ( दोस्रो संशोधन ) परिच्छेद ३, दफा ९, उपदफा २, खण्ड (ठ) अनुसार राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा डाक्टर जगदीशचन्द्र पोखरेल, शिक्षा तथा विकासविद् युवराज बस्ताकोटीलाई सदस्य पदमा मनोनयन गरेकोछ ।








































