टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड वल्भ्स आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले तेस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारी ११ रनमा आउट भएका हुन्।
उनलाई आयरल्याण्ड ‘ए’ का फिओन ह्यान्डले आउट गरे। यो उनको दोस्रो विकेट हो।
यसअघि लोकेश बल ८ र देव खनाल ६ रनमा आउट भएका हुन्।
टस जितेर आयरल्याण्ड ‘ए’ ले पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपाल ‘ए’ ब्याटिङमा उत्रिएको हो।









































