रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन भएको छ। सोमबार बिहान रुसी फौजमा ज्यान गुमाएका तथा बेपत्ता भएकाका परिवारले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएका १४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रुसी सेनामा गएर बेपत्ता भएकालाई स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने माग राख्दै उनिहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।








































