Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:३० दिउँसो
- ADVERTISEMENT -

मजदुर कुटिएको बिरोधमा गोरखामा यातायात बन्द

प्रकाशित मिति: २०८० चैत १४, बुधबार

289
Shares

यातायात मजदुर कुटिएको विरोधमा गोरखामा यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका छन् ।आइतबार फागु फूर्णिमाको दिन ग १ ख ७१९१ नम्बरको बस चालक अर्जुन परियार र सहचालक टीकाराम नेपालीमाथि गोरखा नगरपालिका–७ धारापानीमा स्थानीय युवाले कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुलाई कारबाहीको माग गर्दै मजदुरहरुले बुधबार बिहानदेखि यातायात बन्द गराएका हुन् । बन्दका कारण जिल्लाभित्रै चल्ने र जिल्लाबाहिर जाने सार्वजनिक यातायात चलेका छैनन् ।धारापानीका हरि श्रेष्ठ, धुव्र श्रेष्ठ र समित श्रेष्ठसहितको टोलीले यातायात मजदुरमाथि कुटपिट गरेको अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष निर्मल रानाले बताए ।

‘उनीहरु चढेर आएको बा २० च ५८५८ नम्बरको कार र बस ठोक्किएछ’, उनले भने, ‘अरु व्यक्ति पनि बोलाएर श्रेष्ठहरुले बसको चालक र सहचालकमाथि हातपात गरेछन् ।’यातायात मजदुरमाथि कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिए पनि बेवास्ता गरेको अध्यक्ष रानाले बताए मजदुरमाथि कुटपिट गर्नेलाई कारवाही गर्न भनेर अस्ति प्रहरीकोमा जाहेरी पनि दिएका थियौ, तर दर्ता गर्न मानेनन् । विरोधस्वरुप आज मजदुरहरुले गाडी घर वा ग्यारेजमा थन्क्याउने भनेका राखेका हौ’, उनले भने ।दोषीमाथि कारबाहीको माग गर्दै मंगलबार अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

बन्दका कारण यात्रुहरु बिहानै देखि सडकमा अलपत्र परेका छन् । पोखरा जान भन्दै परिवारसहित बिहान ५ बजे हरमटारीचोकमा आइपुगेका बारपाक सुलिकोट गाउँपालिका–३ का मिलन गुरुङले गाडी बन्द हुँदा समस्या भएको बताए ।बाबु नानीहरु पनि सँगै छन्, टाढा जानुपर्ने, यसरी गाडी बन्द गर्दा हामीहरुलाई निकै समस्या भयो’, उनले भने । उपचारका लागि चितवन जान लागेकी वालुवाकी सुकमाया मग्राती पनि बिहानैदेखि सडकमा अलपत्र परेकी छन् ।प्रमुख जिल्ला अधिकारी भोला दाहालले यातायात सञ्चालनको विषयमा छलफल भइरहेको बताए । ‘समस्या समाधानका लागि छलफल भइरहेको छ, भएन भने कानुनी प्रक्रिया अनुसार अघि बढ्छौं’, उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -