Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:११:२५ दिउँसो
- ADVERTISEMENT -

सुदूरपश्चिम प्रदेशलाई थाहै नदिई उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादीको निर्णय

प्रकाशित मिति: २०८० चैत १४, बुधबार

289
Shares

 नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशसँग कुनै छलफल नगरी बझाङ १ (१) मा हुन लागिएको प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले वैशाख १५ गते हुने इलाम २ र बझाङ १ (१)मा उम्मेदवारी दिने निर्णय गरेको हो । तर यसबारे आफूलाई केही जानकारी नभएको माओवादी सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले बताए । 

‘उम्मेदवार सिफारिसको विषयमा केन्द्रबाट कुनै जानकारी आएको छैन । उम्मेदवार सिफारिसको विषयमा अहिलेसम्म छलफल पनि भएको छैन । माथिबाट जानकारी आएमा प्रक्रिया अगाडि बढाउनुपर्ला’, अध्यक्ष चौधरीले भने । यस्तै केन्द्रीय सदस्य ओमप्रकाश पुनले पनि उम्मेदवारी उठाउने विषयमा कुनै जानकारी नआएको बताए । ‘उम्मेदवारी दिने विषयमा पदाधिकारी बैठकले निर्णय गरेपछि जिल्लाले छलफल गरेर अगाडि बढाउँछ’, पुनले भने । 

यद्यपि इलाम २ मा केन्द्रको निर्देशनमा उम्मेदवार सिफारिस भएको कोशी प्रदेश माओवादीका अध्यक्ष हर्कबहादुर नेम्बाङले दाबी गरेका छन् । उनले केन्द्रको निर्देशन र स्थानीय नेता तथा कार्यकर्ताको तीव्र दबाबमा उम्मेदवार सिफारिस गरेको बताए । 

मंगलबार माओवादी इलाम जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिनासहित उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीलाई सिफारिस गरेर पठाएको छ । माओवादीको बैठकले पनि जिल्लाको समन्वयमा उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

माओवादीको निर्णयसँगै जसपाबाहेक गठबन्धन दलहरूले आ–आफ्नै उम्मेदवार घोषणा गरेका छन् । आ–आफ्नै उम्मेदवारी दिने गठबन्धन दलहरूको निर्णयले प्रमुख प्रतिपक्षी दललाई केही राहत मिलेको छ । तथापि सत्ता सौदाबाजीका लागि दलहरूले आ–आफ्ना उम्मेदवार अगाडि सारेको हुनसक्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -