आतंकवादी समूह आईएसको आत्मघाती आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
कान्धार प्रान्तस्थित एक बैंकमा बिहीबार भएको आक्रमणमा अरु धेरै मानिस घाइते भएका छन्। आईएसले तालिवान सदस्यलाई निशाना बनाएर आत्मघाती आक्रमण गरेको जनाएको छ।
आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले झण्डै १५० तालिबानी सदस्यको बीचमा आत्मघाती विस्फोट गराएको उल्लेख गरेको बीबीसीले जनाएको छ । अफगानिस्तानमा सन् २०२४ मा भएको यो सबैभन्दा ठूलो आत्मघाती आक्रमण हो ।
सरकारकी कर्मचारीहरु आफ्नो तलब बुझ्न बैंकमा लाइन लागेको समयमा आईएस समूहले आक्रमण गरेको थियो। कान्धार तालिवानको सत्ता केन्द्र हो । तालिबानका सर्वोच्च कमाण्डर कान्धारमै बस्ने गरेका छन्।








































