Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२८:०६ दिउँसो
- ADVERTISEMENT -

सरकारी निवासमा आगजनीको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

प्रकाशित मिति: २०८० चैत ६, मंगलबार

296
Shares

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आफैंले आक्रमण र आगजनी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

गत २४ फागुनको राति प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको भन्दै नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेका थिए ।

प्रहरी निवासमा आउँदा झ्यालको सिसा फुटेको र निवासभित्र आगलागी भइरहेको थियो । तर, प्रहरी अनुसन्धानमा सो घटनामा गराउन कुनै वाह्य व्यक्ति संलग्न भएको नभेटिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंह घटना अधिकारी आफैंले गराएर सरकारी सम्पत्तिमा क्षति पुर्याएको भन्दै गाउँपालिकाले नै अधिकारीविरुद्ध जाहेरी दिएको छ । त्यसकै आधारमा उनलाई आइतबार नै प्रहरीले पक्राउ गरेको उनले बताए ।

उनीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको हो । घटनापछि कर्मचारीका विभिन्न संघ संगठनले आक्रमणको प्रयासको विरोध गर्दै अनुसन्धान गरेर दोषिमाथि कारवाहीको माग थिए । २०८० भदौमा अधिकारी मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।

‘आपराधिक उपद्रव गरेको अभियोगमा उहाँमाथि अनुसन्धान भइरहेको छ,’ सिंहले भने,‘अहिलेसम्मको अनुसन्धानमा सो घटना गराउन त्यहाँ बाह्य व्यक्ति संलग्न भएको भेटिएको छैन ।’

घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफू झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएको बताएका थिए । जिल्ला प्रहरी कार्यालयको टोली समेत पुगेर घटनाबारे अनुसन्धान गरेको थियो ।

तर, तथ्यले भने घटनामा अधिकारी नै संलग्न भएको भेटिएको जनप्रतिनिधिहरूको दाबी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -