काठमाडौं महानगरपालिकाको प्रहरीको कुटपिटबाट घाइते भएका पत्रकारको न्यायका लागि पत्रकारहरू ६ दिनदेखि अनसन बसेका छन् ।
काठमाडौंको सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपको रिपोर्टिङका क्रममा प्राणमञ्च मासिकका प्रधानसम्पादक पदमप्रसाद पोख्रेल पनि कुटिएका थिए । उनकै न्यायका लागि पत्रकारहरू गत मंगलबारदेखि राष्ट्रिय सभागृहमा रिले अनसन बसेका हुन् ।पीडित पोख्रेललाई न्याय र क्षतिपूर्तिको लागि श्रमजीवी पत्रकार संघको अगुवाइमा सो कार्यक्रम गरिएको र न्याय प्राप्ति नहुँदासम्म अनसन जारी रहने संघका अध्यक्ष जन्मदेव जैसीले बताए ।








































