धनकुटा — धनकुटा नगरपालिका–१० धर्मशालामा आगलागीबाट तीन घर पूर्णमा क्षति पुगेको छ । दुई घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट कमला मोक्तानकोसहित मेहरमान मोक्तानको दुईवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । त्यस्तै चन्द्रकुमारी अधिकारी र रत्न ठाडा मगरको घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लिन अधिकारी र मगरको घर भत्काइएको प्रहरीले जनाएको छ । आगोबाट तीन घरमा रहेका अन्नपात, लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएको छ । त्यस्तै मेहरमान मोक्तानको घरमा रहेको किराना पसलसमेत जलेर पसलको सम्पूर्ण सामग्री नष्ट भएको छ ।
आगलागीबाट कमला मोक्तानको सहित मेहरमान मोक्तानको दुईवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । त्यस्तै चन्द्रकुमारी अधिकारी र रत्न ठाडा मगरको घरमा आंशिक रूपमा क्षति पुगेको छ । आगो नियन्त्रणमा लिन अधिकारी र मगरको घर भत्काइएको प्रहरीले जनाएको छ । आगोबाट तीन घरमा रहेका अन्नपात, लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएको छ । त्यस्तै मेहरमान मोक्तानको घरमा रहेको किराना पसलसमेत जलेर पसलको सम्पूर्ण सामाग्री नष्ट भएको छ ।
कमला मोक्तानको घरको चुलोबाट सल्किएको आगोले छिमेकीका अन्य घरमा सल्किएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अनिलकुमार साहले जानकारी दिए । बिहान साढे ११ बजे सुरु भएको आगो स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको सहयोगबाट नियन्त्रणमा आएको थियो ।
यस्तै, धनकुटा नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकासहित तीन वटा दमकलसमेत प्रयोग गरी अढाई घण्टापछि आगो नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । घटनामा ५१ लाख रुपैयाँबराबरको क्षति पुगेको पौडेलले बताए ।








































