Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४४:३६ बिहान
- ADVERTISEMENT -

गाजामा रहेको संयुक्त राष्ट्रसङ्घको सहायता शिविरमा फेरि इजरायलकाे आक्रमण

प्रकाशित मिति: २०८० चैत १, बिहीबार

381
Shares

काठमाण्डौ – इजरायलले गाजामा रहेको संयुक्त राष्ट्रसङ्घको सहायता शिविरमा फेरि आक्रमण गरेको छ । प्यालेस्टिनी शरणार्थी एजेन्सीले गाजापट्टीको दक्षिणी भागमा रहेको रफाहमा इजरायली सेनाले खाद्य वितरण केन्द्रमा आक्रमण गर्दा एक कर्मचारीको ज्यान गएको र २२ जना घाइते भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको सहायता एजेन्सी युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले इजरायलले सारा अन्तर्राष्ट्रिय मानवीय कानूनको अवहेलना गर्दै सहायता एजेन्सीमाथि आक्रमण गरेको जनाएको छ । यस्तै, खानाको खोजीमा लाइनमा बसेकाहरुमाथि पनि इजरायलले आक्रमण गर्दा आज मात्रै ६ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

रफाहमा १५ लाख जना प्यालेस्टाइनीहरू छन् । गाजाको अन्य भाग इजरायलले ध्वस्त बनाएपछि धेरै शरणार्थी रफाहमा पुगेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेजले इजरायलको यो आक्रमणले गाजाका नागरिकलाई अझै गहिरो नर्कमा पुर्याउन सक्ने चेतावनी दिनुभएको छ ।

गएको अक्टोबर ७ तारिखमा १२ सय जनाको ज्यान जानेगरी हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा अन्धाधुन्ध आक्रमण गरेको छ । अहिलेसम्म झण्डै ३२ हजार जनाको ज्यान गएको छ । गाजाका अस्पताल र सहायता केन्द्रसहित पुरै क्षेत्र लगभग ध्वस्त भएको छ ।

युएनआरडब्लुएकी प्रवक्ता जुलियट टुमाले खाना र अन्य महत्वपूर्ण आपूर्तिहरूको लागि काम गरिरहेका कर्मचारीमाथि आक्रमण हुनु निकै अमानवीय कार्य भएको बताउनुभएको छ । युएनआरडब्लुएले गाजामा आफ्ना १३ हजार जना कर्मचारीमध्ये कम्तीमा १६५ जनाको ज्यान गएको बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -