सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अर्का सांसद पनि मन्त्री बन्ने भएका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका लक्ष्मणकिशोर श्रेष्ठलाई सामाजिक विकास मन्त्री नियुक्त गर्न लागेका हुन्।
उनको आजै साँझ शपथ हुने एक नेताले बताए।
‘नेपाली कांग्रेसको सरकारलाई हाम्रो साथ, समर्थन चाहिएको छ। यो सरकारलाई हाम्रो समर्थन रहँदै आएको छ। उहाँहरूले मन्त्री नियुक्त गर्न सक्नुहुनेछ। माओवादी केन्द्र र एकीकृत समाजवादी बाहिरिइसकेको अवस्थामा हाम्रो साथ खोज्नु अन्यथा होइन। तर परिपक्व भइसकेको छैन। अझै एक घन्टामा थाहा होला,’ उनले भने।








































