काठमाडौँ — अभिनेता राजेश हमाल र पूर्वप्रधानमन्त्री केपी ओलीबीच फिल्म संवाद हुने भएको छ । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणअन्तर्गतको अन्तरक्रियात्मक कार्यक्रममा हुने यी दुईको संवाद आकर्षणको केन्द्र बनेको छ ।
चैत १ देखि सुरु हुने निफको दोस्रो दिन राष्ट्रिय सभाको हलमा यी दुईबीच फिल्ममाथि संवाद हुने भएको हो । निफमा योबाहेक फिल्मसम्बन्धी कैयौं विषयमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम हुँदैछ ।






































