क्राइष्टचर्च– अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टेस्ट सीरीज क्लीन स्वीप गरेको छ । सोमवार बिहान सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलियाले तीन विकेटको जीत हासिल गर्दै सीरीज २–० ले जितेको हो ।
न्यूजील्याण्डले दिएको २७९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले टेस्टको पाँचौं दिन ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियाको जीतमा एलेक्स केरीले अविजित ९८ तथा पाट कमिन्सले अविजित ३२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका लागि मिचेल मार्शले महत्वपूर्ण ८० रन बनाएका थिए ।
यसअघि न्यूजील्याण्डले पहिलो इनिङमा १६२ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिङमा २५६ रन बनाएको थियो । त्यस्तै न्यूजील्याण्डले दोस्रो इनिङमा ३७२ रन बनाएसँगै अस्ट्रेलियाले २७९ रनको लक्ष्य पाएको थियो ।
योसँगै अस्ट्रेलियाले यो सीरीज २–० ले जितेको हो । यो खेलको प्लेयर अफ द म्याच अस्ट्रेलियाका एलेक्स केरी बनेका छन् भने प्लेयर अफ द सीरीज न्यूजील्याण्डका माट हेनरी बनेका छन् ।
हेनरीले २ टेस्टमा कुल १७ विकेट लिएका थिए ।








































