Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:०५ दिउँसो
- ADVERTISEMENT -

अदालतमा कार्यरत सहसचिवस्तरका कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

प्रकाशित मिति: २०८० फागुन २८, सोमबार

349
Shares

विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नौ महिना कैद र चार लाख ९८ हजार जरिवानाको फैसला गरेको छ । अदालतमा कार्यरत सहसचिवस्तरका कर्मचारी नै यसरी पहिलोपटक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

अदालतले उनलाई नौ महिना कैद र चार लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम बिगो निर्धारण गर्दै सोहीबराबर जरिवाना तथा बिगो असुलउपर हुने फैसला गरेको छ । विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजालसले आइतबार यस्तो फैसला गरेको हो । 

कटवालविरुद्ध रकम हिनामिना गरेको भन्दै गत वर्ष भदौमा मुद्दा दायर भएको थियो । उनले दिपायलमा हुँदा विभिन्न शीर्षकमा गैरकानुनी रूपमा करिब पाँच लाख हिनामिना गरेको फेला परेपछि दायर मुद्दामा एक वर्षपछि फैसला आएको हो । आव ०७८/७९ मा अदालतका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै अख्तियारले छानबिन गरेको थियो । सोहीअनुसार १६ माघ ०७९ मा मुद्दा चलाएको थियो ।

रजिस्ट्रार कटवालले विभिन्न शीर्षकमा विनियोजित रकम खर्च गर्न नक्कली बिल भर्पाई खडा गरेको, नक्कली सम्झौतासमेत बनाई आफैँले स्वीकृत गरेका थिए । उनले यस्ता कागजात बनाई प्रायः आफैँले शोधभर्ना लिने गरेको अनुसन्धानमा देखिएको उल्लेख छ । रजिस्ट्रार कटवालले सर्वाेच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा त्यसको समेत होटेल बिल पेस गरेका थिए । सर्वोच्चबाट दिपायल निरीक्षण आउँदा खर्च भएको भन्दै बिल भर्पाई बनाई भुक्तानी लिएका थिए ।स्टोरकिपरबाट शोधभर्ना गराई भुक्तानी लिएको, हुँदै नभएको हिसाबकिताब मिलाउन भनी व्यवसायीहरूबाट खर्चको नक्कली बिल बनाउनेजस्ता कार्यमा उनको संलग्नता पुष्टि भएको थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -