काठमाडौँ । महसञ्चार र आमा सरस्वती मुभिजले फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । आफूहरुबीच फिल्म बनाउनेबारे सहमति जुटेको हरिवंश आचार्य र दीपकराज गिरीले जानकारी दिए ।
सामाजिक कथावस्तु र कमेडी जनरामा बन्न लागेको यो फिल्म निकट भविष्यमै निर्माण हुने उनीहरु बताए । ‘हामीहरुबीच फिल्म बनाउने तयारी छ । हामी जतिसक्दो चाँडो यो फिल्मका लागि जुट्नेछौं,’ हरिवंशले भने ।







































