Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:३४ दिउँसो
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय महिला दिवस: विपद् र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०८० फागुन २४, बिहीबार

137
Shares

काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावाद अन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर,  निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी) र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत संगीत तथा अन्य प्रस्तुतिकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गरिएको थियो । चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे प्रत्यक्ष चित्र बनाएका थिए । उनले अतिथिहरुबाट थिम लिएर दुईवटा चित्र बनाएका थिए । उनको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए । 

विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीहरुले मार्मिक नाटक प्रस्तुत गरेका थिए । नाटक हेरेर दर्शक भावुक बनेका थिए । समाजिक परिवेशमा हसाउँदै उनीहरुले विषयवस्तु गहन ढंगले उठान गरेर बुझाउने प्रयास गरेका थिए । कवितामार्फत् मुनु अधिकारीले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी वास्तविकता पीडा अभिव्यक्त गरेकी थिइन् । कोपी र्यापरले प्रस्तुत गरेको र्यापमा दर्शकले सन्देशसंगै आनन्द लिएका थिए । उनको र्याप गीतमा महिलालाई सचेत गराइएको थियो ।

उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गरेका थिए । यसैगरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य र अधिकारबारे ऐन निर्माणमा आफूले भूमिका खेल्ने बताइन् । 

एफडब्लुएलडीका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थिति थियो । ‘महिलामा लगानीः सभ्य र समुन्न समाजको थालनी’ लाई ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा बनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -