काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २०३० दशमलव ५५ को विन्दुमा पुगेको हो ।
आज ३०९ कम्पनीका ४७ हजार ६ सय ९९ पटकको कारोबारमा ८९ लाख २९ हजार १ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८ सय २० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९० अंकले बढेर ३६० दशमलव २७ को विन्दुमा पुगेको छ ।
आज सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चर रहेको छ ।








































