Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:४७ बिहान
- ADVERTISEMENT -

बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : सरकार पुनर्गठन भएसँगै केही हद माग सम्बोधन भयो

प्रकाशित मिति: २०८० फागुन २४, बिहीबार

149
Shares

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा मन्त्री हटेसँगै एक हदसम्म माग सम्बोधन भएको बताएका  छन्। मन्त्रिपरिषद पुनर्गठन भएपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटनामा सरकार पुनर्गठन भएसँगै केही हद सम्बोधन भइसकेको जवाफ दिएका हुन्।

प्रधानमन्त्री दाहालले भने,’बालकुमारी घटनामा भनिएका विषयहरू सरकारको पुनर्गठन भएसँगै एक हदसम्म सम्बोधित भइसकेको छ।’बालकुमारी घटनामा दोषी भनिएका तत्कालीन भौतिक तथा यातायात मन्त्री प्रकाश  ज्वालाको राजीनामा माग गर्दै सांसदहरूले संसद अवरोध गरेका थिए।  नेकपा एमाले,रास्वा,राप्रपालगायत राजनीतिक दलहरूले मन्त्री ज्वालाको राजीनामा माग गर्दै यस विषयमा सरकारको धारणा माग गरेका थिए। सभामुख देवराज घिमिरेले बालकुमारी घटनामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गराएका थिए। 

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहाले कतिपय सांसदहरूले सदनप्रति सरकार उत्तरदायी नभएको आरोप लगाएको भन्दै त्यो आरोप न्यायसम्मत नभएको उल्लेख  गरे।  प्रधानमन्त्री दाहालले भने,’सदनप्रति सरकार उत्तरदायी नभएको भन्ने केही माननीयज्यूहरूले आरोप लगाउनु भएको थियो । यो आरोप न्यायसम्मत छैन। माननीयहरूसँग नियमित सवालजवाफका लागि कार्यतालिका नै बनाएर प्रधानमन्त्रीसँग सांसद अभ्यास सुरू गरिएको हो। यो अभ्यासलाई निरन्तर अगाडि बढाएको छ। यस्तो अभ्यास सुरू गर्ने सरकार र प्रधानमन्त्रीलाई संसदलाई वेवास्ता गरेको आरोप लगाउनु न्याय संवत हुँदैन। मैले हरेक सांसदको प्रश्नको  जवाफ दिने प्रयास गरेको  छु।’

उनले आगामी दिनमा संसदसँग अन्तरक्रिया र जवाफदेहिताको साथ प्रस्तुत हुने विश्वास दिलाए। प्रधानमन्त्री दाहालले संसदका दुवै सदनमा र संसदीय समितिका बैठकमा सरकारको नियमित उपस्थित हुँदै आएको दावी  गरे।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -