काठमाडौं महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाकिस्तानी नागरिक छन् ।
उनलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई १ हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
‘ठमेलस्थित गरिमा विकास बैंकमा नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलवार साँझ सादा पोसाकमा परिचालित सुरक्षाकर्मीले पक्राउ गरेका हुन्’, प्रहरी प्रवक्ता ढकालले भने ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































