Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२४:४० बिहान
- ADVERTISEMENT -

नयाँ मन्त्रीहरुको शपथ साँझ ५ बजे

प्रकाशित मिति: २०८० फागुन २३, बुधबार

187
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी थप मन्त्रीहरुको शपथ बुधबार साँझ ५ बजे हुने भएको छ।

नेकपा (एमाले), माओवादी केन्द्र र रास्वपाबाट सहभागी गराउँदै प्रधानमन्त्री दाहालले बुधबार मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । उनीहरुको शपथ साँझ ५ बजे गर्नेगरी तयारी भइरहेको जनाएको छ ।

सरकारमा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । एमालेले आफ्नो भागमा परेका ८ मध्ये ७ मन्त्रीको नाम टुंगो लगाएको छ । जसमा महासेठसहित पदम गिरी, दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई पनि एमालेले मन्त्री बनाउने भएको छ । उनीहरुको मन्त्रालय भने टुंगिन बाँकी छ

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्र, वर्षमान पुन अर्थ र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दैछन् । माओवादीले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीमा शक्तिबहादुर बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मालाई निरन्तरता दिएको छ । पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली पनि कायमै रहनेछन् ।

रास्वपाले पनि थप तीन मन्त्री टुंग्याएको छ । रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने छन् । शिक्षामन्त्रीमा रास्वपाले सुमना श्रेष्ठलाई पठाउने भएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने छन् । उपसभापति डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने पक्का भएको छ । उनले यसअघि शपथ लिइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -