काठमाडौं : उपनिर्वाचनका नेपाली कांग्रेसका उम्मेदवारहरूलाई औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ।
मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारहरूलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति देउवालाई दिने निर्णय गरेको हो।
वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुन लागेको हो।
उक्त उपनिर्वाचनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्री कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ।








































