Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०६:४५ दिउँसो
- ADVERTISEMENT -

प्रहरी हुँ भन्दै क्याफेमा बोलाएर लुटपाट गर्ने तीन जना पक्राउ

प्रकाशित मिति: २०८० फागुन २२, मंगलबार

282
Shares

काठमाडौं : आफूलाई प्रहरी हुँ भन्दै नक्कली आइडी कार्ड देखाएर लुटपाट गर्ने तीन जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालका-१ घर भएका ३२ वर्षीय प्रमेश्वर खड्का, रामेछापको मन्थली नगरपालिका-९ का २८ वर्षीय मिलन तामाङ भनिने विनोद सुन्दास र ओखलढुंगाको चिशंखुवागढी गाउँपालिका-४ का ३७ वर्षीय प्रेम राई छन्। 

गत आइतबार राति सतिस सिंह कुवरलाई मैतिदेवीमा रहेको एक क्याफेमा बोलाएर लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका छन्। उनलाई मिलन लामा गरेको आइडीबाट एक व्यक्तिले आइफोन र इलेक्ट्रिकल सामान चाहिएको छ भन्दै म्यासेज गरेका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार म्यासेज गर्ने व्यक्तिले सतिसलाई आइफोन, एप्पल वाच लगायतका सामान ल्याउन भनेका थिए। क्याफेमा बोलाएर भेटेका व्यक्तिहरूले एचएफ सेट र प्रहरीको नक्कली कार्ड बोकेर उनलाई धम्काएका थिए। हामी प्रहरी हौं भन्दै लुटपाट गरी उनीहरू भागेका थिए। 

उनीहरूलाई सोमबार न्युरोडस्थित पशुपति प्लाजा नजिकको वाटोमा मोटरसाइकलमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नगद २१ हजार ४७०, आइफोन ६ थान, एप्पल सिरिज ७ थान, एप्पल वाच २ वटा बरामद गरेको छ। यस्तै एन्ड्रोइड फोन १ थान, हेडफोन १ थान, एअरड्रप १ थान र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्रसमेत प्रहरीले जफत गरेको छ। 

प्रहरी परिसरका प्रवक्ता अधिकारीका अनुसार यो समूहमा उपत्यकामा यसअघि भएका ठगी र लुटपाटमा समेत संलग्न भएका थिए। जिल्ला प्रहरी परिसर र प्रहरी वृत दरबारमार्गका टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -