Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:५७ बिहान
- ADVERTISEMENT -

सोह्र करोडको पालिका भवन निर्माण

प्रकाशित मिति: २०८० फागुन २२, मंगलबार

212
Shares

बनेपा, फागुन २२ गते ।  स्थानीय तहका प्रशासनिक भवन बन्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख टोकबहादुर वाइबाले नगरपालिका स्थापना दिवसका अवसरमा नयाँ भवनको आगामी आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने कार्यक्रम  रहेको जानकारी दिनुभयो । 

नगरपालिकाले गत असोज ३ बाट नयाँ भवनबाट सेवा प्रवाह सुरु गरे पनि औपचारिक उद्घाटन आगामी आइतबार गर्न लागेको हो । निर्माण कम्पनी विकोई जयमाता जेभीसँग २०७९ साल पुस १७ गते भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ साल पुस १० गते ठेक्का सम्झौता भएको भन्दै नगर प्रवक्ता पुरुषोत्तम बजगाईंले कोरोना, आर्थिक मन्दीलगायतका कारण देखाउँदै तोकिएको समयमा काम सम्पन्न नहुने अवस्था आएपछि गत पुस मसान्तसम्म काम सम्पन्न गर्नका लागि म्याद थप गरिएको बताउनुभयो । 

उहाँले निर्माण व्यवसायीले सुरुमा १४ करोड २२ लाख ९४ हजार ९४२ रुपियाँमा ठेक्का सम्झौता गरे पनि पछि केही काम थप भएपछि प्रशासनिक भवन, सभा हललगायतका संरचना निर्माण लागत १६ करोड १९ लाख ७९ हजार रुपियाँ पुगेको बताउनुभयो । निर्माण व्यवसायीलाई दुई करोड पाँच लाख ३३ हजार ३७५ भुक्तानी दिन बाँकी रहेको छ । नगरपालिकाको भवन निर्माणका लागि सङ्घीय समपूरकबाट एक करोड ८० लाख, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकबाट दुई करोड र सङ्घीय अनुदान (डोलिडार) बाट दुई करोड ४० लाख रुपियाँ प्राप्त भएको नगरपालिकाले जनाएको छ । 

नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना÷ठुला कोठा, दुई वटा हल, सबै तलामा अपाङ्गतामैत्री शौचालय तथा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गरी लिफ्टसमेत व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । नगर कार्यपालिकाको २०७७ साल जेठ २६ गतेको बैठकले पहिलो चरणमा प्रतिआना ५० हजार रुपियाँको दरले १८ रोपनी सात आना तीन पैसा तीन दाम क्षेत्रफल जग्गा र दोस्रो चरणमा प्रतिआना ७० हजारको दरले सात रोपनी दुई आना तीन पैसा तीन दाम जग्गा थप गरिएको थियो । नगरपालिकाको नाममा करिब २९ रोपनी जग्गा रहेकोमा २५ रोपनी एक आना तीन पैसा दुई दाम क्षेत्रफलमा संरचना निर्माण भएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -