मोरङको पथरी शनिस्चरे नगरपालिका-७ स्थित लामा टोलमा एक किशोरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
लामाटोलमा १५ वर्षीया ज्ञानकुमारी राईको धारीलो हतियार प्रहरी गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज कार्कीले बताए।
राति शौचालय जाने वेला उनको हत्या भएको हुन सक्ने प्रहरीको आकलन छ। गएराति १० बजे आवाज बाहिर निस्किँदा राईमाथि धारिलो हतियार प्रहार गरेको देखिएको उनका दाइ विमल राईले प्रहरीले बताएका छन्।
विमलले खबर गरे लगत्तै प्रहरी टोली घटनास्थल पुगेको एसएसपी कार्कीले बताए। धारिलो हतियार प्रहार भएकाले राईको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।
उनी एक वर्षदेखि पथरीशनिश्चरेस्थित मामा घरमा बस्दै आएकी थिइन्। उनी पथरीशनिश्चरे-१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत थिइन्।
घट्नाको प्रकृति गम्भीर रहेको एसएसपी कार्कीले बताए। कसले किन हत्या ग¥यो भन्ने खुल्न सकेको छैन।








































