Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१९:५९ दिउँसो
- ADVERTISEMENT -

टी–२० विश्वकपमा भारत–पाकिस्तान खेलको टिकटको मूल्य २ करोड रुपैयाँभन्दा बढी

प्रकाशित मिति: २०८० फागुन २१, सोमबार

227
Shares

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । उक्त विश्वकपमा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका समूह ‘ए’ मा परेका छन् ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेल सधैं चर्चाको विषय बन्ने गरेको छ । यसपटक पनि विश्वकप सुरु हुनुभन्दा निकै अघिदेखि नै भारत र पाकिस्तानबिचको खेलले निकै चर्चा बटुलिरहेको छ । रंगशालामा उपस्थित भएर आगामी विश्वकपको खेल हेर्न टिकटको सबैभन्दा कम मूल्य ६ डलर (करिब आठ सय नेपाली रुपैयाँ) रहेको छ । जबकी विश्वकपमा भारत र पाकिस्तानबिच हुने खेलको टिकटको मूल्य ट्याक्सका अतिरिक्त चारसय अमेरिकी डलर (करिब ५३ हजार नेपाली रुपैयाँ) राखिएको छ ।

भारत र पाकिस्तानबिचको टिकटको मूल्य बढी हुनुको प्रमुख कारण यी दुई राष्ट्रबिच द्विपक्षीय शृंखला नहुनु पनि हो । समर्थकहरुले आईसीसी र एसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा मात्र यी दुई टोलीबिचको भिडन्तको आनन्द उठाउन पाउँछन् । आगामी विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कमा खेलिँदैछ । उक्त खेल हेर्न दुबै देशका समर्थक ठूलो धन राशी खर्च गरेर अमेरिका पुग्न चाहन्छन् । सोही कारणले उक्त खेलमा टिकट अवैध रुपमा पनि किनबेच हुन थालेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, स्टबहब, सीटगीकजस्ता साइटमा भारत र पाकिस्तानबिचको खेलको टिकटको मूल्य निकै उच्च राखिएको छ । यस्ता साइटहरुमा भारत र पाकिस्तानबिचको खेलेको टिकटको मूल्य ४० हजार अमेरिकी डलरसम्म (करिब ५३ लाख नेपाली रुपैयाँसम्म) राखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, सीटगीक प्लेटफर्ममा त भारत र पाकिस्तानबिचको खेलको टिकटको मूल्य एक लाख ७५ हजार अमेरिकी डलरसम्म (करिब दुई करोड ३१ लाख नेपाली रुपैयाँ) राखिएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -