हाइटीमा आपत्काल घोषणा गरिएको छ । राजधानीमा रहेको देशकै प्रमुख जेलमा कम्तिमा १२ जनाको हत्या भएको र ४ हजारभन्दा धेरै बन्दीहरू भागेको घटनापछि आइतबार ७२ घण्टाको लागि आपत्काल लगाइएको हो । सप्ताहन्तमा एउटा सशस्त्र समूहले राजानी पोर्ट–अउ–प्रिन्समा रहेको मुख्य जेलमा हमला गरेका थिए
यो घटनापछि हाल विदेश भ्रमणमा रहेका प्रधानमन्त्री एरियल हेनरीको राजीनामा मागिएको छ । प्रधानमन्त्रीको राजीनामा माग्ने सशस्त्र समूहले जेललाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । सप्ताहन्तमा राजधानी र नजिकै रहेको दुई जेलमा आक्रमण भएको सरकारी विज्ञप्तिमा भनिएको छ । सोको प्रतिक्रियामा सरकारले कर्फ्यु लगाएको थियो ।
आइतबार पनि जेलका ढोकाहरु खुलै थिए । हाइटीमा हिंस्रक ग्याङ्ग वारमा हजारौँले ज्यान गुमाइसकेका छन् । सन् २०२१ को जनवरीमा तत्कालीन राष्ट्रपतिको घरमै हत्याभएयता देशभरमा हिंसाका घटनाहरू बढेका छन् ।







































