Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:१५ दिउँसो
- ADVERTISEMENT -

सत्ता समीकरणको असर प्रदेशसम्म

प्रकाशित मिति: २०८० फागुन २१, सोमबार

101
Shares

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कोल्टे फेरेर नयाँ सत्ता समीकरण बनाउँदा यसको असर प्रदेश सरकारसम्म पर्ने भएको छ  । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी मिलेर बनेको गठबन्धन भत्किएपछि प्रदेश सरकारहरू पुनर्गठन हुने देखिएको छ ।

सत्ता समीकरणको असर प्रदेशसम्म

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, उन्मुक्तिसहित बन्ने नयाँ गठबन्धनको गणितका आधारमा ती सरकार बन्ने छन् ।

कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश सरकारबाट कांग्रेसका मुख्यमन्त्री बाहिरिने सम्भावना छ भने अरु मन्त्रीले सरकार छाड्नु पर्ने छ । वाग्मती, कर्णाली प्रदेशमा माओवादीको मुख्यमन्त्रीले निरन्तरता पाउने सम्भावना छ । मधेशमा पनि सरकारको नेतृत्व जसपाले नै लिने निश्चितप्रायः छ ।

कांग्रेस र माओवादीबीच गठबन्धन तोडिएपछि एमाले एक वर्ष ९ दिन पछि पुनः सत्तमा जाँदैछ । राष्ट्रपति कसलाई बनाउने विषयमा एमाले र माओवादीबीच कुरा नमिलेपछि गत फागुन १२ मा एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि एमाले संघसहित सातै प्रदेश सरकारबाट बाहिरिएको थियो । राष्ट्रपति कसलाई बनाउने विषयमा एमालेसँग कुरा नमिलेपछि माओवादीसहित अन्य दल कांग्रेससँग गठबन्धन भएको थियो । कांग्रेस माओवादीसहित यो गठबन्धन एक वर्ष तीन महिना नौ दिन चल्यो ।

प्रधामन्त्री पुष्पकमल दाहालले सोमबार बिहान भएको पदाधिकारी बैठकमा नयाँ सत्ता समीकरण बनाउनुको तीन कारण दिएका थिए । पहिलो, संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगोमा पुर्‍याउन, दोस्रो, वामपन्थी एकताको आधार बनाउन र तेस्रो, सरकारका कामलाई तीव्रता दिन नयाँ गठबन्धन बनेको पदाधिकारीलाई जानकारी दिएका थिए ।

केन्द्रमा एमाले, माओवादीको नेतृत्वमा भएको समीकरणअनुसार प्रदेश सरकारको स्वरुप बन्नेछ । कोशीमा पहिलो चरणमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमालेको मुख्यमन्त्री हुने सम्भावना छ । गत फागुनमा एमाले माओवादी गठबन्धन भत्किएपछि एमालेले ती प्रदेशबाट मुख्यमन्त्री छाड्नु परेको थियो । मधेश प्रदेशमा भने जसपाको नेतृत्व कायम हुने सम्भावना छ । सबै प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी एमाले र माओवादीबीच भएको छ ।

हाल प्रदेश सरकारमा रहेका माओवादी, जसपा, उन्मुक्ति पार्टीका मन्त्रीहरु हाल सरकारमै रहनेछन् । आलोपालो सरकारमा मात्र ती मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी ती दलेको छ । एकीकृत समाजवादीका मन्त्रीहरु संघ र प्रदेश सरकारबाट बाहिरिने छन् ।

सरकारबाट बाहिरिए पछि एमाले कांग्रेस माओवादी नेतृत्वको गठबन्धन तोड्न गृहकार्य जारी राखेको थियो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विगत छ महिनादेखि ‘वामपन्थी’ सहकार्यका लागि गृहकार्य गरेका दिए । दुई नेताबीच भएको एक्लाएक्लै संवादले सोमबार मूर्त रुप लिएपछि एमालेको सत्तारोहण सुरु भएको छ । संघ र सात प्रदेशमा हुने एमाले माओवादी सहकार्यको आयु कति लामो हुन्छ भन्ने ओली र दाहालको एकता र संघर्षमा निर्भर हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -