काठमाडौँ।
लघुवित्त पीडित र प्रहरीबीच बालुवाटारमा झडप भएको छ ।
बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरूलाई प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो
सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको सङ्ख्यामा रहेका पीडितहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको थियो ।
झडपबाट दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।
विभिन्न जिल्लाबाट मुग्लिङमा भेला भएका उनीहरू मुग्लिङबाट सात दिनको पैदल यात्रा गर्दै काठमाडौँ आएका थिए ।








































