बिहीबारको संसद बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने तालिका थियो । तर, एमालेका सचेतक महेश बर्तौंलाले गणपूरक संख्या गणना गर्न माग गरेका थिए ।
गणना गर्दा गणपूरक संख्या पुगेन र, बैठक रोकियो । यो विषय शुक्रबारको बैठकमा प्रवेश गर्यो । कांग्रेस सांसद राजेन्द्र केसीले भने, ‘हिजो राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने ठाउँमा गणपूरक संख्या पुग्छ कि भनेर सांसद बाहिर जानुभयो । सत्तापक्षको मात्र विधेयक पास गर्ने हो ?’ त्यसपछि एमाले र रास्वपाका सांसदले विरोध जनाए ।








































