Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५३:४० बिहान
- ADVERTISEMENT -

माओवादी स्थायी कमिटी बैठक बस्दै,अध्यक्ष प्रचण्डले बैठकमा उठेका प्रश्नको जवाफ दिने

प्रकाशित मिति: २०८० फागुन ११, शुक्रबार

254
Shares

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बिहीबारबाट जारी स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।  बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 

बिहीबारको बैठकमा माओवादी विशेष रूपान्तरण अभियानको वर्गीकरण र मूल्याङ्कन,आउँदो अभियानको तयारी,संगठनात्मक कार्य विभाजन,सुदूरपश्चिम प्रदेशमा दल नेता फेरबदललगायतका विविध चार वटा एजेण्डामा केन्द्रित रहेर छलफल गरेको माओवादीका प्रवक्ता अग्नि प्रसाद सापकोटाले बताए । 

आजको बैठकमा भने भूकम्पपछिको पुनर्निर्माण,मधेस प्रदेश सरकारलाई विश्वासको मत दिनेबारे छलफल गर्नुका साथै माओवादी विशेष रूपान्तरण अभियानमा उत्कृष्ट काम गर्ने सातै प्रदेशबाट तीन/जना सहित थप तीन प्रदेशका(माओवादीले मानेको उपत्यका विशेष कमिटी र अन्य दुई संगठनात्मक विभाग सहित)उत्कृष्ट योगदान गर्नेलाई सम्मान गर्ने र कम योगदान गर्ने तथा योगदान नै नगर्नेलाई सोहीअनुसारको कारबाही गर्ने कार्यक्रम तय गरेको प्रवक्ता सापकोटाले बताए । माओवादीले अभियानमा राम्रो,नराम्रो दुवै काम गर्नेको नाम आजै सार्वजनिक गर्दै छ । 

‘पहिलो पटक हाम्रो पार्टीले कामको आधारमा मूल्याङ्कन गरेको छ । अभियानमा सबैभन्दा बढी खट्ने, राम्रै खट्ने, खट्ने तर काम नगर्ने, नखट्ने गरी चार क्याटेगरीमा छुट्याएका छौँ । त्यो मध्ये १० वटै प्रदेशबाट तीन,तीन जना उत्कृष्ट काम गर्ने र काम नगर्ने नेतालाई कारबाही गर्ने निर्णय भएको छ,त्यो नामहरू आजै सार्वजनिक गर्छौ । राम्ररी काम नगर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउने, चेतावनी, निलम्बनलगायत हुनेछन्,’ सापकोटाले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -