Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४६:३४ दिउँसो
- ADVERTISEMENT -

बलात्कृत भएको भन्दै अपांगता भएकी महिलाले प्रहरीमा हालिन् उजुरी

प्रकाशित मिति: २०८० फागुन १०, बिहीबार

380
Shares

सिमकोट – एक जना अपांगता भएकी होचो कदकी महिलाले आफू बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी छन्। हिँडडुल गर्न कठिन हुने ती महिलाले आफ्नै भाइको सहारामा जिल्ला प्रहरी कार्यालयमा आएर बलात्कृत भएको ६ दिनपछि प्रहरीलाई उजुरी गरेकी हुन्।

बलात्कृत हुने ३८ वर्षीया महिला सिमकोट गाउँपालिका– ८ को खोल्सी गाउँकी हुन्। उनले प्रहरीलाई दिएको उजुरीमा आफू फागुन ४ गते राति घरमा सुतिरहेको अवस्थामा अदानचुली गाउँपालिका– ६ को पाल्स गाउँ घर बताउने पुरुषले बलात्कार गरेको उल्लेख गरेकी छन्।

उनको उचाइ तीन फिट मात्र छ। उनले उजुरीमा हिँडडुल गर्न नसक्ने भएको फागुन ५ गते प्रहरी चौकीमा जान नसकेको र घरपरिवारलाई जानकारी दिएर फागुन ६ गते धारापोरी प्रहरी चौकीमा उजुरी गरे पनि त्यो चौकीमा बलात्कारका उजुरी नलाग्ने भएका कारण भाइ नरेन्द्र सुनारले फागुन ८ गते मंगलबार बोकेर जिल्ला प्रहरीमा ल्याएको उल्लेख गरेकी छन्।

मंगलबार ढिलो भएकाले बुधबार प्रहरी कार्यालयमा बेलुका उजुरी दर्ता भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए। उनले घटना भएको धेरै दिन भइसकेका कारण प्रहरी समस्या परेको बताउँदै तैपनि अनुसन्धान सुरु भएको जानकारी दिए।

बलात्कृत महिलाको उजुरीमा पीडकको ठेगाना मात्र उल्लेख भएको तर नाम र निजका बुवा आमाको जानकारी नभएको कारण अनुन्धानमा समस्या देखिएको छ। उनले तर उजुरीमा पीडकको मोबाइल नम्बर उल्लेख भएको कारण सो नम्बरको नाम पत्ता लगाउनका लागि टेलिकमलाई पत्राचार गरिएको बताए।

टेलिकमबाट सो मोबाइल नम्बरको नाम पत्ता लगाएपछि प्रहरीलाई अनुसन्धान गर्न सहज हुने प्रहरीले जनाएको छ। आफू बलात्कृत भएको प्रहरी कार्यालयमा पुगेर उजुरी गर्ने कार्य पछिल्लो समय बढ्दै गएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -