काठमाडौँ — सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल जेठमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ । बिहीबार पार्टी केन्द्रीय काार्यलय बालकुमारीमा पार्टीको कार्यकारिणी बैठक बसेको हो ।

बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको महाधिवेशनबारे छलफल भएको बताए । उनले राजनीतिक समिति, केन्द्रिय समितिको बैठकले गरेका निर्णयहरूको कार्यान्वयनको बारेमा पनि समीक्षा हुने बताए ।
‘केन्द्रीय कार्यकारिणी बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको जुन ऐतिहासिक महाधिवेशन हुँदैछ, त्यसको तयारीका बारेमा छलफल हुँदैछ । राजनीतिक समिति, केन्द्रिय समितिको बैठक एक महिनाअघि बसेको थियो । त्यसले गरेको निर्देशहरु कार्यान्वयन गर्ने, महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरुको मस्यौदा समितिहरू बनाउने, भौतिक तयारीका कार्यक्रम छन्,’ उनले भने ।
उनले महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरूको मस्यौदा समितिहरू बनाउनेबारेमा पनि छलफल भएको बताए ।








































