Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२८:०० बिहान
- ADVERTISEMENT -

सवारी दुर्घटनामा दुईको मृत्यु

प्रकाशित मिति: २०८० फागुन ९, बुधबार

255
Shares

घोराही, फागुन ९ गते  । दाङको घोराहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका –१६ सर्रामा मोटरसाइकललाई बोलेरो पिकअप भ्यानले ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदैगरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकललाई घोराहीबाट तुलसीपुरतर्फ जाँदैगरेको बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअपले बिहान ६ बजेतिर सर्रामा ठक्कर दिएको थियो । 

दुर्घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका –५ निवासी मोटरसाइकल चालक २१ वर्षीय विजय पुन र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।  

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार सुरूमा मोटरसाइकलले साइकललाई ठक्कर दिएपछि दुई जना सडकमा लडिरहेको समयमा विपरित दिशाबाट आइरहेको बोलेरोले ठक्कर दिंदा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘बुधवार विहान मोटरसाइकलले साइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक र सवार दुई सडकमा लडिरहेको अवस्थामा विपरित दिशाबाट आइरहेको बोलेरोले ठक्कर दिएको खेलेको छ ।’

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार साइकल यात्रुलाई जोगाउन खोज्दा मोटरसाइकल लडेको र उहाँहरुलाई विपरित दिशाबाट आइरहेको बोलेरोले ठक्कर दिएको थियो । प्रहरीले बोलेरो गाडीसहित चालक रोल्पा त्रिवेणी गाउँपालिका –२ निवासी निर्मल बुढालाई नियन्त्रणमा लिएको छ ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -