Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:३६ बिहान
- ADVERTISEMENT -

स्वयम्भुमा मृत फेला परेकी महिलाकाे श्रीमान झुन्डिएकाे अवस्थामा फेला

प्रकाशित मिति: २०८० फागुन ९, बुधबार

234
Shares

काठमाडौं- काठमाडौंको स्वयम्भूमा मृत फेला परेकी ३९ वर्षीया ईश्वरी श्रेष्ठका श्रीमान रामप्रसाद सुनार झुन्डिएकाे अवस्थामा फेला परेका छन्। उनकाे शव जंगलमा फेला परेकाे हाे।

प्रहरीले ईश्वरीसहित उनका दुई छाेरी ८ वर्षीया अनिशा र २ वर्षीया शिवानी मृत फेला परेसँगै उनका श्रीमानकाे खाेजी गरेकाे थियाे। खाेजी गर्ने क्रममा उनीहरू बस्ने घर नजिकैकाे जंगलमा रामप्रसादकाे शव फेला परेकाे हाे।

घटनास्थलकाे बारेमा थप अनुसन्धान गर्न प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

श्रीमानले श्रीमती र छाेरीकाे हत्या गरेपश्चात् आफूले आत्महत्या गरेकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक आशंका छ।

यसअघि काठमाडौंको स्वयम्भूमा आमासहित दुई छाेरी मृत फेला परेका थिए। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका  थिए।

सबै जनाकाे घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका थियो। घटनास्थलमा श्रीमान रामप्रसाद फेला नपरेपछि उनी शंकाकाे नजरमा परेका थिए। उनकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -