Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४०:४३ दिउँसो
- ADVERTISEMENT -

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल जारी

प्रकाशित मिति: २०८० फागुन ९, बुधबार

236
Shares

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बुधबार पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेताहरूले प्रस्तुत गर्नुभएका कार्य योजनामाथि नौ वटा समूह बनाएर छलफल सुरु भएको हो । 

मंगलबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई समाधान गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले सङ्गठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाकासहितको कार्य योजना प्रस्तुत गरेका थिए । सोही कार्य योजनामाथि समूहगत रूपमा छलफल सुरु गरिएको हो ।

एमालेले पुष्पलाल मध्य पहाडी लोक मार्गमा पार्टीले आयोजना गरेको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई बुझाएको छ । सोही सुझाव पत्र कार्यान्वयनका लागि बैठकले सरकारलाई दबाब दिने पनि पार्टीका उपमहासचिव ज्ञवालीले बताए । 

भोलि (बिहीबार) सम्म चल्ने बैठकमा प्रस्तुत कार्य योजनामाथि छलफल गर्न एमालेले स्थायी कमिटी, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू गरी नौ समूह बनाएको छ । 

समूहले प्रस्तुत गरेको निष्कर्षलाई समेत सम्बोधन हुने गरी अध्यक्ष ओलीले सम्बोधन गरेपछि बैठक समापन हुनेछ । बैठकको सुरुमै अध्यक्ष ओलीले सरकार पूर्णतः असफल रहेको उल्लेख गर्दै जनताको पक्षमा काम गर्न दबाब आन्दोलनको तयारीमा रहन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -