Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३१:५६ दिउँसो
- ADVERTISEMENT -

काठमाडौं भित्रिए २८ जिल्लाका मिटरब्याज पीडित, बालुवाटार अगाडि प्रदर्शन गर्ने 

प्रकाशित मिति: २०८० फागुन ९, बुधबार

234
Shares

काठमाडौं । विभिन्न २८ वटा जिल्लाबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरव्याज पीडितहरुले आजदेखि निर्णायक आन्दोलनका लागि प्रदर्शन गर्ने जनाएका छन् । उनीहरु विभिन्न २८ वटा जिल्लाबाट काठमाडौं प्रवेश गरेका हुन् ।  काठमाडौंका विभिन्न स्थानमा छरिएर रहेका पीडितहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेरा उगर्ने भएका छन् ।

करिब तीन हजारको संख्यामा रहेका उनीहरु पैदलै काठमाडौं प्रवेश गरेका हुन् ।  उनीहरुले फर्जी तमसुक च्यातिनुपर्ने, चेकलाई अवैध घोषणा गरिनुपर्ने, उच्च स्तरीय आयोग गठन गरिनुपर्नेलगायतका माग अघि सारेका छन् ।

उनीहरुले आफ्नो कार्यक्रमको नाम ‘न्याय मार्च’ राखेका छन् । महाकाली–चितवन–काठमाडौंसम्म पैदल यात्रा गर्ने उनीहरुको घोषणा थियो । मिटर व्याज पीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन् ।

पीडित पुनम महतका अनुसार आज अपराह्न बालुवाटर घेराउको योजना बनाइएको छ । “हामी अहिले त्रिभुवन पार्कमा आइपुगेका छौँ,” उनले बाह्रखरीसँग कुरा गर्दै भनिन्, “हामीले आजै बालुवाटार घेराऊको योजना बनाएका छौँ ।”

उनले आफूहरु २५ दिनदेखि हिँडेर काठमाडौं आइपुगेको जानकारी दिइन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -