Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५३:१७ बिहान
- ADVERTISEMENT -

सरकारमा कांग्रेसकै मन्त्रीहरुको भूमिका प्रभावकारी देखिएनः महामन्त्री शर्मा

प्रकाशित मिति: २०८० फागुन ८, मंगलबार

277
Shares

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको सफलता/असफलतासँग कांग्रेसको छवि गाँसिएको बताएका छन् । महामन्त्री शर्माले पार्टीको महासमिति बैठकमा पेश गरेको समसामयिक राजनैतिक प्रस्तावमा उनले कांग्रेका केही मन्त्रीहरुको भूमिका सन्तोषजनक नरहेको भन्दै उनले यस्तो बताएका हुन् ।

‘वर्तमान सरकारको सफलता असफलतासँग कांग्रेसको पनि छवि गाँसिएको छ । सरकारले गर्ने राम्रा कामको जस लिन नसक्ने तर अपजसहरुको भारी बोक्नुपर्ने ? भन्ने प्रश्न र असन्तुष्टि कांग्रेस पार्टी पंक्तिमा देखिन्छ । पुरै पाँच बर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ ।’ उनले राजनीतिक प्रस्तावमा भनेका छन्, ‘तर, अर्कोतर्फ छ नागरिकको अपेक्षा अनुरुप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ । कांग्रेसका केहि मन्त्रीको कार्यसम्पादन संतोषजनक निश्चयनै छ । तर, केहि मन्त्रीको भुमिका मन्त्रीका रुपमा प्रभावकारी विल्कुलै देखिएको छैन ।’

सरकारमा सहभागिताको बर्ष दिन पुग्नै लाग्दा सरकारको प्रभावकारिता र कमजोरीबारे खुलेर छलफल गर्नुपर्ने उनले उल्लेख गरेका छन् । कांग्रेसका मन्त्रीहरुले सम्हालेको मन्त्रालयको प्रगति र कमजोरीको समिक्षा गर्नेबेला भएको उनको ठहर छ ।

वर्तमान सरकारमार्फत संविधान रक्षाको साझा कार्यभार सम्पादन भएको उनको दाबी छ । भ्रष्टाचार नियन्त्रण गर्न केही पहलकदमी अपर्याप्त भएपनि सुशासनको दिशामा केही प्रयास भइरहेको देखिएको उनको दाबी छ । महामन्त्री शर्माले जटिल मोडमा पुग्दै गरेको अर्थतन्त्र क्रमशः सम्हालिंदै सुधारोन्मुख दिशामा गएको बताएका छन् । तरपनि, वर्तमान सरकारले नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न र गठबन्धनमै आबद्ध पार्टीका साथीहरूमा भरपर्दो विश्वास जगाउन नसकेको उनको निश्कर्ष छ ।

संघीयताको मर्म अनुरुप प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउन निर्माण गर्नुपर्ने केही महत्वपूर्ण कानुन निर्माणमा गर्नै नहुने ढिलाइ संघीय सरकारबाट भएको उनले उल्लेख गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -