Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२०:३० बिहान
- ADVERTISEMENT -

गगन र विश्वको प्रतिवेदनमा देउवाको असहमति, समाधान गर्न पदाधिकारी बैठक

प्रकाशित मिति: २०८० फागुन ७, सोमबार

306
Shares

कांग्रेस महासमिति बैठक आज दिउँसो १ बजे गोदावरीमा सुरु हुँदै छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महासमिति बैठकमा छलफलका लागि पेस गर्न तयार पारेको प्रस्तावका कतिपय कुरामा सभापति शेरबहादुर देउवाले असहमति जनाएपछि पार्टी पदाधिकारी बैठक बसिरहेको छ ।

देउवा निवास बूढानीलकण्ठमा जारी बैठकमा प्रतिवदेनको केही बुँदामा छलफल भइरहेको एक नेताले जानकारी दिए । त्यसअघि महामन्त्रीहरूसँग देउवाले एक्ला-एक्लै छलफल गरेका थिए । त्यसक्रममा सहमति हुन नसकेपछि अहिले पदाधिकारी बैठक बसिरहेको हो ।

महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव तयार पारेको प्रतिवेदन केन्द्रीय समितिले शंसोधनसहित पारित गरेको थियो । देउवाले महामन्त्रीद्वयले तयार पारेका प्रतिवेदनमा गठबन्धनका कुरा र कोशी प्रदेशमा मुख्यमन्त्री चयनका बेलाका घटनाक्रम समेटिएकोमा असन्तुष्टि जनाएका छन् । उनले उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको नीति प्रस्तावबारे भने असन्तुष्टि जनाएका छैनन् ।

महामन्त्री थापाको प्रस्तावमा अबदेखि चुनावअघि गठबन्धन नगर्ने, कांग्रेसी मतदातालाई रूखबाहेक अरू चुनाव चिह्नमा मत हाल्न नदिने अवस्था सिर्जना गर्ने कुरा समेटेका छन् । त्यस्तै अर्का महामन्त्री शर्माले कोशीको मुख्यमन्त्री चयनको घटनाक्रम र राष्ट्रियसभामा माओवादीले एक सिटमा हार ब्यहोरेको घटनाले माओवादीसँग सम्बन्ध चिसिन सक्ने र समाधान गर्न सकिएन भने गठबन्धन संकटमा पर्न सक्ने औँल्याएका थिए ।

सभापति देउवाले यी विषयमा अहिले पार्टीले प्रतिक्रिया दिन आवश्यक ठानेका छैनन् । गठबबन्धन नगर्ने भनेर महासमिति जस्तो पार्टीको फोरममा छलफल गर्दा अहिले नै गठबन्धन टुट्न सक्ने र प्रतिरक्षारत प्रधानमन्त्री भएकाले ‘प्रधानमन्त्री मिसन’मा असर पर्न सक्ने भन्दै देउवा सचेत छन् । महामन्त्रीद्वयले प्रस्तावका कुरा कांग्रेसका कार्यकर्ताका चाहना र ग्राउण्ड रियालिटी भएकोले महासमितिमा अनिवार्य रूपमा छलफल गर्नुपर्ने पक्षमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -