Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२८:५४ बिहान
- ADVERTISEMENT -

कपिलमणि मृत्यु प्रकरणमा ५ जना पक्राउ, आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

प्रकाशित मिति: २०८० फागुन ६, आइतबार

471
Shares

काठमाडौँ । नेकपा (एमाले) दोलखाका जिल्ला समिति सदस्य कपिलमणि न्यौपाने मृत्यु प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आरोपीहरूलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको दोलखाका डीएसपी दीपक खड्काले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा मेलुङ गाउँपालिका–१ स्थित सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष छत्रराज उप्रेती, सहकारीको सञ्चालक समिति सचिव हरिबहादुर बुढा, व्यवस्थापक महेन्द्र भुजेल, सह–सचिव शिवकुमार कार्की र सहकारीको सञ्चालक समितिका उपाध्यक्ष पुष्पाबहादुर लकाई छन् ।

माघ १५ मा राति कपिलमणि न्यौपानेको घरमा सञ्चालित सूर्योदय सहकारीबाट ३२ लाख ८७ हजार चोरी भएको थियो । सो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरयो । तर, संलग्नता पुष्टि नभएपछि उनीहरूलाई रिहा गरिएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।

चोरी भएको सहकारीको भल्ट र रकम फेला परेको छैन । प्रहरीले पक्राउ गरेर चोरीमा संलग्न नदेखिएपछि कपिलमणिलाई पनि प्रहरीले रिहा गरेको थियो । फागुन २ मा रिहा भएर घर गएका न्यौपानेले शनिवार बिहान ५ बजे आत्महत्या गरे । मेलुङ गाउँपालिका वडा नम्बर–१ पवटी स्थित घर नजिकै आँपको रुखमा झुन्डिएको अवस्थामा न्यौपाने मृत फेला परेका हुन् ।

कपिलमणिले सामाजिक सञ्जालमा लेखेको सुसाइट नोटको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । न्यौपानेले नोटमा आफूलाई आत्महत्या दुरुत्साहन गर्नेहरूको नाम उल्लेख गरेका छन् ।

उनले नोटमा लेखेका छन्– ‘सहकारी चोरीको घटना सञ्चालकले गरेको नाटक हो । यो वर्षौँदेखि बनाएको योजनाअनुसार मलाई फसाउन खोजिएको हो । सञ्चालकले खाएको ऋण र  तिरेको भौचर अनुसार हेर्नु यसमा घोटाला छ । यससँगै मुकुन्द शोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, मुना कोइराला महेन्द्रको हात छ । मैले लिएको ऋण नरेलाई दिएको छ । मैले कुनै सामाजिक अपराध गरेको छैन, राम्ररी छानबिन गर्नु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -