काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठक कांग्रेस केन्द्रीय मुख्यालय सानेपामा बसिरहेको छ ।
बैठकमा फागुन ७ देखि १० गतेसम्म बस्ने महासमिति बैठकबारे छलफल चलिरहेको केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताए ।
खासगरी बैठकमा कुन-कुन विषयवस्तुलाई एजेन्डाका रूपमा समेट्ने, महासमिति सदस्य पठाउन नसकेको निर्वाचन क्षेत्रबारे के गर्नेलगायतका विषयवस्तुका सन्दर्भमा अहिले नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन
नीति अधिवेशनका रूपमा सम्पन्न हुने महासमिति बैठकमा अझै १५ भन्दा बढी निर्वाचन क्षेत्रहरूले महासमिति सदस्य पठाउन सकेका छैनन् ।








































