बाँकेको कोहलपुरमा भएको शुशिल कोइराला मेमोरियल यु–१९ महिला क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
बिहिबार भएको खेलमा कोहलपुर मेयर ११ लाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले उपाधि जितेको हो ।
काेहलपुरकाे क्रिकेट मैदानमा काेहलपुर मेयर ११ ले दिएको १०३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले अन्तिम बलमा ८ विकेट गुमाउँदै भेट्टाएको हो ।
सुदूरपश्चिमका लागि मनिषा बोहराले ४१ र कप्तान स्नेहा महराले १६ रन जोडे । त्यस्तै हिशिला खड्का ६ रनमा अविजित रहिन् ।
कोहलपुरका लागि त्रिसना विश्वकर्मा र आरती महतोले दुई दुई विकेट लिँदा एक विकेट प्रतिमा शाहले लिइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोहलपुर मेयर ११ ले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १०२ रन बनाएको थियो ।
कोहलपुरका लागि कप्तान साना प्रविनले अविजित ४० रन बनाइन् । उनले ५२ बलमा तीन चौकाको मद्दतले अविजित ४० रन बनाइन् ।
त्यस्तै त्रिसाना विश्वकर्माले १२ र रिया शर्माले अविजित १४ रनको योगदान गर्दा अन्य खेलाडी सस्तैमा आउट भएका थिए
सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महाराले दुई दुई विकेट लिएका थिए ।








































