Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३५:०५ बिहान
- ADVERTISEMENT -

उद्यमी विनोद चौधरी अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलनको कि-नोट स्पिकर

प्रकाशित मिति: २०८० फागुन ३, बिहीबार

310
Shares

काठमाडौं । नेपाली उद्यमी एवं सांसद विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप-२०२४ मा कि नोट स्पिकरका रूपमा सम्बोधन गर्ने भएका छन् । १५-१६ फेब्रुअरी, २०२४ मा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर्सहरू सहभागी हुँदैछन् ।

नेपालको हस्पिटालिटी इन्डष्ट्रीमा द्रुततर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा उच्च सम्मानका साथ आमन्त्रण गरिएको हो । सम्मेलनमा नेपालबाट अध्यक्ष चौधरी र सीजी हस्पिटालिटीका प्रवन्ध निर्देशक एवं सीईओ राहुल चौधरीलाई आमन्त्रण गरिएको बताइएको छ ।

चौधरीले ‘हस्पिटालिटी इन्भेष्टमेन्ट एण्ड फण्डिङ आउटलुक’ विषयमा कि नोट स्पिच दिनेछन् । हस्पिटालिटी इन्डष्ट्रीको विश्वव्यापी ट्रेण्ड र यसको अवस्था, ग्लोबल एण्ड डोमेस्टिक हस्पिटालिटी ट्रेण्ड र हस्पिटालिटी इन्डष्ट्रिले आगामी पाँच वर्षका लागि लिनुपर्ने रणनीतिलगायतका विषयबारेमा उनले जानकारी गराउने छन् ।

सम्मेलनमा विश्वका विख्यात हस्पिटालिटी ब्राण्डका ८० भन्दा धेरै उच्च पदस्थ पदाधिकारीहरूले भाग लिँदैछन् । सम्मेलनमा आईएचसीएलका प्रवन्ध निर्देशक एवं सीईओ पुनित चटवाल, एकोरका सिनियर भाईस प्रेसिडेण्ट (अपरेशन, इन्डिया एण्ड साउथ एसिया) पुनित धवन, हिल्टनका भाईस प्रेसिडेण्ट क्लरेन्स टन, म्यारियट एसिया प्यासिफिकका प्रेसिडेण्ट राजिव मेनन, र्‍याडिसन होटल ग्रुपका साउथ एसिया एडभाईजर के बी कछ्रू, अक्स एयरका को-फाउण्डर आकाश घोष, ओवरेय ग्रुपका चिप अपरेटिङ अफिसर मोहित निरूला, एयर इन्डियाका सीईओ एण्ड एमडी क्याम्पबेल विल्सन, भारतका प्रख्यात कवि एवं स्क्रिप्ट राईटर जावेद अख्तरलगायत विश्वका ख्यातीप्राप्त व्यक्ति सहभागी रहनेछन् ।

सीजी हस्पिटालिटीले १२ देशमा १७० होटल (१००० प्लस किज) सञ्चालन गरिरहेको छ । नेपालमा मेघौली सराई, भिभान्ता काठमाडौं, होटल समिट, होटल चितवन, मिराया र उन्नती कल्चरल भिलेजलगायतका होटलमा लगानी गरेको छ । सीजी हस्पिटालिटीको यात्रा दुई दशकअघि आईएचसिएलसँगको साझेदारीबाट शुरू भएको हो । उक्त समयमा श्रीलंका र माल्दिभ्समा दुई होटलबाट भएको साझेदारी अहिले १७ होटलमा विस्तार भएको छ । सीजी हस्पिटालिटीले निकट भविष्यमा आईएचसिएलसँगको साझेदारीमा नयाँ अध्याय शुरू गर्ने तयारी गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -