Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:२० बिहान
- ADVERTISEMENT -

कुवेतलाई ८ विकेटले हराउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा

प्रकाशित मिति: २०८० फागुन २, बुधबार

292
Shares

नेपाल मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटरफाइनल खेलमा कुवेतलाई डकवर्थ लुईस पद्धतिअनुसार ८ विकेटले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब शुक्रबार सेमिफाइनलमा घरेलु टोली मलेसियाको सामना गर्नेछ ।

क्वाटरफाइनलमा वर्षाले प्रभावित पारेको खेलमा नेपाललाई जितका लागि १२ ओभरमा ५० रन बनाउनुपर्ने थियो । तर, नेपालले ५० रन ६.५ ओभरमा पूरा गर्‍यो । त्यसक्रममा नेपालले २ विकेट गुमायो । 

नेपालको जितमा कप्तान इन्दु वर्माले अविजित २२, सीता राना मगरले १७, कविता जोशीले अविजित चार र कविता कुँवरले एक रन बनाए । कुवेतका लागि मारियाम ओमरले मात्र एक विकेट लिन सकिन् ।  

त्यसअघि मलेसियाको बांगीमा टस जितेर ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो । उसका लागि प्रियदा मुरलीले ३३ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाइन् ।  

नेपालका लागि सीता राना मगरले ह्याट्रिक विकेट लिइन् । उनले ४ ओभरमा ११ रन मात्र दिएर ह्याट्रिक लिएकी हुन् । यस्तै, रुबिना क्षेत्री र कविता कुँवरले दुई/दुई विकेट हात पारे । जारी प्रतियोगितामा नेपाल अपराजित छ ।  

समूह ‘डी’ विजेता नेपालले ग्रुप स्टेजमा हङकङ र भुटानलाई ८/८ विकेट तथा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो । जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् ।

त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । आजको जितसँगै नेपालले इमर्जिङ एसिया कप खेल्ने पक्का भएको छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -