मुलुकभर असल नेताहरूको खडेरी परेको आजको अवस्थामा गणेशमान सिंह फाउन्डेसनले ‘असल नागरिक बनौं ‘ भन्ने पवित्र र आशा जगाउने खालको १० दिने दोस्रो समुहको तालिम आयोजना गरयौ । तालिममा २० देखि २३ वर्षका विभिन्न कलेजको ब्याचलर कक्षामा अध्ययनरत २२ युवा युवतीहरु संलग्न थिए। उक्त तालिममा मूलत: नेतृत्व विकाश, सार्वजनिक भाषणकला, राष्ट्र विकाशका अवधारणा, आदर्श राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, अध्यात्म, नैतिकता र गणेशमान सिंहका देशभक्ति पूर्ण कथामा केन्द्रित भएको थियो । तालिमका प्रशिक्षकहरू मध्ये प्रा.कृष्ण खनाल, प्रा. कपिल श्रेष्ठ, प्राध्यापक डा.कृष्णराज आचार्य, पुर्व गभर्नर दीपेन्द्र पुरुष ढकाल, पूर्वराजदुत – रमेश कोइराला, पूर्व AIG राजेन्द्र सिंह भण्डारी, उषा मल्ल, ई. मनिस अर्याल र फाउण्डेसनका महासचिव घनेन्द्र पुरुष ढकाल संलग्न हुनु हुन्थ्यो । अव तेस्रो तालिम आगामी चैत्रको अन्तिम सप्ताह देखि प्रारम्भ गरिने कार्यक्रम छ । एक वर्षमा चार वटा ग्रुपलाई तालिम दिइने र ति तालिम प्राप्त युवायुवतीलाई अझ उच्चस्तरको तालिम दिएर सवल र सक्षम बनाएपछि उनिहरुवाट नै देशैभरीका युवाहरूलाई तालिम दिलाइने उद्देश्य फाउण्डेशनले लिएको छ ।