Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:००:३७ दिउँसो
- ADVERTISEMENT -

रेडियो कार्यक्रम ‘मेरो साथी’ मार्फत चिनजान, लिभिङ टुगेदरपछि हत्या

प्रकाशित मिति: २०८० माघ २९, सोमबार

476
Shares

काठमाडौँ । काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा प्रमिला दमाई २७ माघमा मृत फेला परिन् । २८ वर्षीया प्रमिला रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–५ घर भएर श्रीमानसँग भिमसेन गोलामा बस्थिन् ।

लजको १०८ नम्बर कोठामा बोलाएर उनको हत्या गरेको आरोपमा प्रहरीले दोलखाको बैत्यश्वर गाउँपलिका–७ घर काठमाडौँ बस्ने कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय श्रेष्ठले होटलमा विवाद भएपछि डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।

प्रमिला र कुमार ‘लिभिङ रिलेसन’ मा थिए ।  माघ २४ र २६ मा कुमारले प्रमिलालाई सो लजमा बोलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तर, उनले कोठा बुक गर्दा सन्दिप लामाको नाममा बुक गरेको भेटिएको छ । प्रमिलाले कुमारलाई ‘सँधै बाहिर बसेर हुँदैन, विवाह गर्नुपर्छ’ भनेर दवाव दिएपछि प्रेम सम्बन्ध हत्यामा अन्त्य भएको प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताए । पछिल्लो १ वर्षदेखि प्रमिला र कुमार ‘लिभिङ रिलेसन’मा थिए ।

दोलखाबाट प्रशारण हुने हिमाली एफएमको कार्यक्रम ‘मेरो साथी’ मार्फत उनीहरुको बिचमा चिनजान हुन्छ । फोन नम्बर पनि उनीहरुले रेडियो कार्यक्रम मार्फत नै आदान प्रदान गरेका हुन् । प्रमिला र कुमार दुवै विवाहित हुन् । दुवैतिर बालबच्चा भएका उनीहरु ‘विवाहेत्तर सम्बन्ध’ को कारण सँगै बस्न भनेर लोकन्थलीमा डेरा पनि लिएको अनुसन्धानबाट थाहा भएको छ । कुमारकी छोरी बुद्धनगरमा बस्छिन् ।

‘विवाह गर्नुपर्छ’ भन्ने प्रमिलाको दवाबले कुमार तनावमा थिए । २४ माघमा लजमा गएर बसेका कुमारले २६ मा पनि त्यहि लजमा बोलाएका हुन् । त्यसदिन साँझ ६ बजेर १८ मिनेटमा उनीहरु लजमा गएको देखिएको छ ।

लजमा केहीबेर बसेपछि प्रमिला निस्कन खोजिन् । तर, कुमारले उनलाई रोक्न खोजेपछि प्रमिलाले ‘विवाहको कुरा’ गरिरहिन् । ढोका खोलेर निस्कन खोज्दा कपडामा तानेर प्रमिलालाई झापड हानेको कुमारले प्रहरीलाई बताएका छन् । झापड हानेपछि प्रमिला ढलिन् । अनि, चिच्याउने र हल्ला गर्ने गरेर कुमारले घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्यापछि भागेका कुमारलाई बुद्धनगरको लक्ष्मीचोकबाट पक्राउ गरिएको एसएसपी खत्रीले जानकारी दिए ।

प्रेम–विवाद प्रहरीमा छलफल

प्रमिला र कुमारको सम्बन्धबारे शंका लागेपछि प्रमिलाका पति नशे दमाईले प्रहरीमा उजुरी गरेको भेटिएको छ । रामेछापको ईलाका प्रहरी कार्यालय धोबीमा दुवै पक्षलाई बोलाएर प्रहरीले छलफल समेत गराएको थियो ।

छलफलमा उनीहरु एकले अर्को पारिवारिक सम्बन्धमा ‘खलल नगर्ने’ सहमति गरेर हिँडे । त्यसबेला कुमारलाई उनकी पत्नी सविना श्रेष्ठ र प्रमिलालाई उनका पति नशे दमाईले जिम्मा लिएको प्रहरीको रेकर्डमा देखिएको छ ।

प्रहरीले छलफल गराएपछि पनि उनीहरु छुट्न सकेनन् । लुकेर भेटघाट र लिभिङ टुगेदरमा बस्दा प्रेम सम्बन्धले हत्याको रुपमा लिएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -