नेपालमा गरीबीको दर २०.२७ प्रतिशतमा ओर्लिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्यांक सार्वजनिक गर्दै गरीबी दर घटेको बताएको हो। तेस्रो जीवनस्तर सर्वेक्षण २०६६/६७ ले गरीबी दर २५.२ प्रतिशत रहेको देखाएको थियो।
नयाँ तथ्यांक अनुसार पाँचमध्ये एक नेपाली गरीबीमा रहेको देखिएको छ। सबैभन्दा कम गरीबी गण्डकी र सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ।
काठमाडौंमा सबैभन्दा कम गरीब रहेको देखिएको छ। काठमाडौंमा सात प्रतिशत र सुदूरपश्चिमका गाउँमा ४० प्रतिशत गरीब छन्।








































